Logo
Logo

दलप्रति देखिएको वितृष्णाले नै स्वतन्त्र उम्मेदवारको जित : माधव नेपाल


2.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलप्रति देखिएको जनताको वितृष्णाले नै स्वतन्त्र उम्मेदवारको जित भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार जित्नु भएको छ । आफूलाई विश्वास गरेका मानिसलाई जिताएका छन् । चाहे काठमाडौंमा बालेन हुन् वा धरानमा हर्क उहाँहरुले मेहनतले सफलता प्राप्त गर्नुभएको छ, जनताको समस्यालाई ठीक हिसाबले बुझ्ने काम गरेकाले मत पाएका हुन् । राजनीतिक पार्टीहरुप्रति जनतामा रहेको आलोचनात्मक वितृष्णा जुन देखिएको छ यसमा आत्मचिन्तन गर्नुपर्छ ।’

उनले भ्रष्टाचारका कारणले जनता आक्रान्त भएको भन्दै यसको विषयमा गम्भीर रुपले ध्यान दिर्नैपर्ने बताए। ‘जसले बदमासी गरेको छ त्यसलाई दण्डित गरौं । अहिलेकै प्रणाली अनुसार अघि बढ्यो भने विकास होला जस्तो लाग्दैन, कसरी परिवर्तन गर्नुपर्छ भनेर सोच्नुपर्दछ । दीर्घकालीन सोच र अल्पकालीन सोच राख्नुपर्यो ।’

देशलाई ठूलठूला टावरहरु होइन, मुलुकलाई रोजगारी र उत्पादनका आवश्यकता रहेको भन्दै नेपालले यसतर्फ कसरी विकास गर्न सकिन्छ सो सोच्नुपर्ने बताए । महत्वाकांक्षी ठूलठूला आयोजना परियोजनामाथि समेत प्रश्न गर्दै नेपालले वर्षौवर्ष लगानी र मेहनत लाग्ने तर उपलब्धी आउने यस्तो आयोजनाहरुमा समेत पुनर्विचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्