Logo
Logo

भरतपुरका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना


12.5k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।

उनका बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको हो । उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो । टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्