Logo
Logo

राजस्थान रोयल्स आईपीएलको फाइनलमा


756
Shares

काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । शुक्रबार राति राजस्थानले बैंगलोरले दिएको १ सय ५८ रनको विजयी लक्ष्य १८.१ बलमा ३ विकेटको क्षतिमा भेटायो ।

जोस बट्लरको नटआउट १ सय ६ रनको मद्दतमा राजस्थानले लक्ष्य भेटाएको हो । कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन जोडे ।

बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले १विकेट लिए । बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

उसका रजत पटीदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रनको योगदान गरे । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना ३÷३ विकेट लिए ।

राजस्थानले फाइनलमा गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्