Logo
Logo

टिभीएस बागमती प्रदेश ‘अपाचे राईड’मा ३५ जना सहभागी



काठमाडौं । लोकप्रिय टु–ह्वीलर्स कम्पनी टिभीएसले आफ्नो ग्राहकका लागि अपाचे वनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राईडमा सहभागी हुने इच्छुकका लागि समूह बनाएको छ ।

यही गएको शनिबार आफ्नो पहिलो राईडमा धादिङ–गोर्खा बिच रेसोर्टसम्म ३५ सहभागी थिए । विभिन्न पेसाका सहभागीले भाग लिएको उक्त राईडका लासग २०० भन्दा धेरैले आवेदन फारम भरेका थिए । तर, त्यसमध्ये ३५ जनाको चयन भएको कम्पनीले जनाएको छ ।

नेपालका लोकप्रिय मोटो भ्लगर एआरबी भ्लग (विविध जंग थापा)लगायत अरू विभिन्न भ्लगरहरु सो राईडमा सहभागी थिए । बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाँकी राईडर्सहरूलाई टिभीएसले बागमतीकै अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।

टिभीएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस्तै टिभीएसले बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि ब्इन् च्ष्मभ का लागि दर्ता प्रक्रिया खुला गरिसकेको जनाएको छ ।

यस्तै, नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि राईड सञ्चालन गर्ने तयारी रहेको टिभीएसले जनाएो छ । टिभीएसमा सहभागी भई विभिन्न राईडमा जान सकिन्छ र त्यतिमात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ ।

उक्त राईडमा सहभागीहरुलाई मार्सल निगरानीमा भएको थियो । जसमा राईडर्सहरूलाई रोड सेफ्टी जस्ता विभिन्न प्रशिक्षण दिएको थियो । यसमा राईडर्सहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना थियो र बिजेताहरुलाई पुरस्कार वितरण भएको साथै टिभीएसले सहभागीहरुलाई उपहार वितरण गरेको थियो ।

टिभीएसबारे जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेलले भने, ‘हामीले सोचेको पनि थिएनौँ अपाचे राईडर्सहरुको यति धेरै उत्साह हुन्छ भनेर । र अहिले नै टिभीएसमा यति धेरै सहभागीता देखेर हामी निकै खुशी छौँ ।’

यस्तै, गोर्खा बिच रेसोर्ट पुगेका सहभागी एकेन्द्र बज्राचार्य आफ्नो टिभीएसको बारेमा भने, ‘आफू जस्तै राईडर्स प्रेमी भेट्न पाउँदा र टिभीएसमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भई राख्ने छन् ।’

प्रतिक्रिया दिनुहोस्