काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै यस्तो दावी गरेका हुन् ।

बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी गर्दै उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको छु । बजेट अनुशासनभित्र रहेर साधन, स्रोतको विनियोजन गरेको छु ।’
सबै क्षेत्रका विज्ञहरूको सल्लाह बमोजिम बजेट निर्माण गरेको उनले बताए । अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटको बताए ।
छलफलमा नेकपा एमालेका संसदले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर विभिन्न आयोजनामा बजेट हालेको भनाइप्रति जवाफ दिँदै उनले भने, ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै भटिन । नयाँ बजेट १ वर्षको लागि आएको हो । संविधानमा ५ महिनाको लागि मात्रै बजेट ल्याउने भनेर लखेको भए ५ महिनाको लागि मात्रै बजेट ल्याउने थिए ।’ बजेटले तोकेअनुसार ८ प्रतिशत नै आर्थिक वृद्धि हुने उनको दाबी छ ।











