Logo
Logo

‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीलाई ओपनिङ राउण्डमा आईआईएफटीको पहिरन



काठमाडौं । ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु ग्राण्ड फिनालेको ओपिङ राउण्डमा आईआईएफटीले तयार पारेको पहिरनमा देखिने भएका छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि भिड्दैछन् ।

मिस नेपाल वर्ल्ड-२०२२ का प्रतियोगीहरु । फोटो/मिसनेपालबाट

यही जुन १८ अर्थात असार ४ गते हुने ‘मिस नेपाल वर्ल्ड-२०२२’ का २४ प्रतियोगिताका लागि आईआईएफटीबाट फेसन डिजाइनिङमा ग्राजुएट १९ जना डिजाइनरहरु अहिले पहिरन तयार गर्न व्यस्त छन् ।

आईआईएफटी अर्थात इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट पेशल खड्का, पम्फा श्रेष्ठ मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् ।

मिस नेपाल वर्ल्ड-२०२२ का लागि पहिरन तयार गर्ने डिजाइनर तथा टिम

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।

आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ ।

यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि को–अर्डिनेटर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्