Logo
Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहल गर्नुपर्छ : गगन थापा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएकाले प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘फोहोर व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका र सहरी मन्त्रालयले गरिरहेको काममा हामी सबैले सहयोग गर्नुपर्छ । कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन । स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ ।’ फोहोर व्यवस्थापनमा नागरिकहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्