Logo
Logo

गोकुल बास्कोटाको टिप्पणी- सरकारका प्रत्येक बुँदा झुटका पुलिन्दा


567
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएका कार्यक्रमलाई ‘हावादारी’ भन्दै कटाक्ष गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले सञ्चारमन्त्रालयले घुम्ती शिविर राख्ने गरी आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएपछि कटाक्ष गरेका हुन् ।

उनले भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राख्ने रे । बरु दारु शिविर राख्नु नि । शिविर त बरु स्वास्थ्य मन्त्रालयले राखे हुन्छ । यस्ता हावादारी कार्यक्रम कसका लागि ?’ नेपालको जमिनमा मात्रै नभएर आकाशमा पनि सार्वभौम सत्ता रहने पनि उनले बताए ।

‘हाम्रो देशको सार्वभौम सत्ता मात्रै हुँदैन । हाम्रो आकाश लाओसले खोसिरहँदा केपी ओली नेतृत्वको सरकारले फिर्ता ल्याएको थियो’ बास्कोटाले भने, ‘तर कानुनका बारेमा सञ्चार मन्त्रालय बेखबर छ ।’ मन्त्रालयले टेन्डरविद नियुक्ति गर्ने कुरालाई लिएर कटाक्ष गर्दै भने, ‘बरु ठेकेदारविद पनि नियुक्त गर्नु राणा छन् कि शाह छन् कि कार्की छन् कि खोजे भयो नि ।’ छाप्नुपर्ने कुरा विदेशमा छापिसकेपछि अब सेक्युरिटी प्रिन्टिङ प्रेसको आवश्यता नहुने उनको भनाइ छ ।

बास्कोटाले भने, ‘यो सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसलाई एक अर्ब छुट्याएको छ । सबै कुरा सिद्धिएपछि सेतो हात्ती बनाउन त्यो चाहिँदैन । इम्बोस्ड नम्बरदेखि सबै कुरा छापिसकेपछि त्यो किन चाहियो ?’ उनले सरकारका प्रत्येक बुँदा झुटका पुलिन्दा भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्