Logo
Logo

काठमाडौंको न्युरोडस्थित रञ्जना गल्लीमा एक पुरुषको शव भेटियो


2.6k
Shares

काठमाडौं । काठमाडौंको न्युरोडस्थित रञ्जना सोडा गल्लीमा एक जना पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै त्यहाँ पुगेका प्रहरी टोलीले महर्जनलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्