काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको किसान पेन्सन योजनाको विरोध गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले उक्त योजना नक्कली भएको दावी गरे ।

उनले यो योजना नक्कली किसान पोस्न ल्याइएको बताउँदै भने, ‘किसान पेन्सन योजना बाघ र बाख्रालाई एउटै खोरमा थुनेजस्तै हो । बाघ र बाख्रालाई एउटै खोरमा थुनेपछि के हुन्छ हामी सबैलाई जानकारी छ ।’
उनले योजनाबाट वास्तविक किसानभन्दा पनि जमिन्दारहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । ‘जमिन्दारले खातामा २ करोड जम्मा गर्छ । र, सरकारले त्यसमा १० प्रतिशत अर्थात २० लाख जम्मा गरिदिन्छ’ भट्टराईले भने, ‘त्यसैले यो योजना नक्कली किसान पोस्न ल्याइएको योजना हो ।’














