काठमाडौं । मौसम प्रतिकूलताका कारण कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने दुई जहाज ‘डाइभर्ट’ भएका छन् । भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’ गर्नु परेको हो ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ र इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएका छन् । जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर होल्ड भएपछि अहिले अवतरणको प्रक्रियामा छन् ।
काठमाडौंमा बुधाबार साँझ अकस्मात मुसलधारे वर्षा भएको छ ।














