
काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो । यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्याएपछि मर्मत गर्न लागिएको छ ।
मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार बाढीले क्षति पुर्याएको संरचना मर्मत गर्न लागिएको छ ।
मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको हो ।














