Logo
Logo

जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव- जनताको विश्वास जित्ने काम गर्नुस्


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

बिहीबार पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ वडामध्ये १९ वटामा जितेको बताउँदै उनले भने, ‘चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न गर्नुहोला । मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्