
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि जित निकालेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा आयोजक मलेसिया २५ रनले स्तब्ध बन्यो । ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडीन् । नेपालका कप्तान कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३÷३ रन तथा कृतिका मरासिनीले १ रन जोडिन् ।
याेसँगै नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ । नेपालले ५ खेलमा ३ जित र २ हार ब्यहोर्यो । छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।











