
काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रहेको सुन विहीबार ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय छ । अघिल्लो दिन ९७ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।












