Logo
Logo

पोर्चुगल स्वीजरल्याण्डसँग पराजित


882
Shares

काठमाडौं । यूईएफए नेशन्स लिगअन्तर्गत गएराति समूह ‘बी’को खेलमा स्वीजरल्याण्डले पोर्चुललाई पराजित गरेको छ ।

स्टेड डी जेनेभामा सम्पन्न खेलमा घरेलु टोलीले पोर्चुगललाई १–० ले हराएको हो । स्वीजरल्याण्डको जितमा पहिलो मिनेटमै ह्यारिस सेफेरोभिचले गोल गरेका थिए ।

यस्तै स्पेनले चेक रिपब्लिकलाई हराएको छ । स्पेनस्थित ला रोसालेडा स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेक रिपब्लिक २–० ले पराजित भएको हो । २४औं मिनेटमा कार्लोस सोलेरको गोलमा अग्रता बनाएको स्पेनले ७५औं मिनेटमा अर्को गोल गरेको थियो ।

४ खेलबाट ८ अंक जोडेको स्पेन समूहको शीर्षस्थानमा छ । ७ अंक जोडेको पोर्चुगल दोस्रो, ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो र ३ अंक जोडेको स्वीजरल्याण्ड चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्