
काठमाडौं । एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।
लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ ।
इन्डोनेसियाका लागि भने नपालविरुद्धको नतिजा एसियन कपमा छनोट हुनका लागि महत्वपूर्ण बन्न सक्छ । खेल राति १ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।
नेपालले अहिलेसम्म इन्डोनेसियासँग १ खेल मात्र खेलेको छ ।सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल नेपाल २–० ले पराजित भएको थियो ।
फिफा वरीयतामा नेपालभन्दा इन्डोनेसिया ९ स्थान माथि छ ।











