Logo
Logo

विपी प्रतिष्ठानमा करोडौं भ्रष्टाचार, उपकुलपतिसहित आठविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति पक्राउ परेको केही दिनमै अर्काे भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।


स्वास्थ्य सम्बन्धि उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र सम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा संझौता गरी भुक्तानी गरेको आरोप उनीहरुमाथि छ । उपकुलपति बलभद्र प्रसाद दास (विपि दास) ले जम्मा रु.४,०८,९८,०१९।७१ (चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले रु.३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्टार नन्दकुमार थापाले रु.१,९६,०९,८८०र( (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठले रु.५६,७७,४०५र( (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिंदा निज प्रतिवादी बलभद्र प्रसाद दास (विपि दास) लाई बिगो रु.४,०८,९८,०१९।७१ (अक्षरुपी चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हालाई बिगो रु. ३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई बिगो रु. १,९६,०९,८८०र( (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठलाई बिगो रू.५६,७७,४०५र( (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो दफा २४ अनुसार थप सजाय समेतको मागदावी लिई आयोगले मुद्दा दायर गरेको छ ।
वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख दिनेश राज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा विभिन्न सामानहरूको बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको र सो खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भै नियम विपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेश भएको अवस्थामा लेखा प्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानी समेत गरी निज लेखा प्रमुख दिनेश राज दाहालले जम्मा रु.२,३४,८१,८१९।७१ –(दुई करोड चौतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवले रु.१,७४,१६,२००र( (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिदा निज प्रतिवादी दिनेश राज दाहाललाई बिगो रू.२,३४,८१,८१९।७१ (दुई करोड चौतीस लाख एकासी हजार आठसय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई बिगो रु.१,७४,१६,२००र( (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) कायम गरी निजहरूलाई ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउन समेतको मागदावी लिइएको छ।

उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि.रवायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिद संझौता गरी भुक्तानी लिई चेतन अग्रवालले जम्मा रु.१,०४,१६,७९७र( (एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवालले रु.६०,३६,३४३र((अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अन्तर्गतको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिंदा चेतन अग्रवाललाई बिगो रू.१,०४,१६,७९७र((एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवाललाई बिगो रु.६०,३६,३४३र((अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) कायम गरी निजहरूलाई ऐ ऐनको सोही दफा ८ को उपदफा (४) बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको विगो समेत असुल दाबी गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्