
काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई स्वागत गरेको थियो । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् ।
अलमुताईरी भने कुवेतस्थित घरमै बसेका हुन् । नेपाल फर्किपछि कप्तान नवयुग श्रेष्ठ नयाँ खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए । उनले सिनियर खेलाडी टिममा नपर्दा नतिजा सोचेजस्तो अनाएको बताए ।
कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो । समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।











