Logo
Logo

एसीसी टी–ट्वान्टी च्याम्पियनशिपः नेपाल र कुवेत भिड्दै


756
Shares

काठमाण्डौ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा नेपाल र कुवेत भिड्दैछन् । खेल मलेसियाको किनरारा मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको २ अङ्क छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो ।

कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । च्याम्पियनशिपमा १० टोली सहभागी छन् । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ ।

उक्त समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मङ्गलबार हङकङसँग खेल्नेछ ।

फाइनल पुग्ने टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्