Logo
Logo

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?


756
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आज हुँदैछ ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने सभाले ४ वर्षका लागि नयाँ नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा छन् ।

फ्रेन्डस् क्लवका पूर्वअध्यक्ष राजिव पौडेल पनि अध्यक्षको प्रत्यासी छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा छ । २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

१३ सदस्यीय खुल्ला केन्द्रिय सदस्यमा अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा छन् ।

२ जना महिला सदस्यमा शेर्पा प्यानलबाट पेमा डोल्मा लामा र बिना क्षेष्ठ छन् । यस्तै नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी उम्मेदवार छन् ।

सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिला लामा, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रबिन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर कुमार राउत छन् । महिला सदस्यमा बिन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।

एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । ८४ जना मतदाता रहेका छन् ।

जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लब छन् ।

प्रतिक्रिया दिनुहोस्