Logo
Logo

खेल क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर : खेलकुदमन्त्री


126
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका हुन् ।

उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउनका लागि सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लािग एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए । उनले खेलाडीको अभिबृद्धि गर्नका लागि पनि धेरै काम गरिएको दाबी गरे ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेप सधै प्रयास गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्