काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट उनले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनबाट पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए ।
कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।











