
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा पहिलो आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’को उपाधि बागलुङका तीर्थकुमार पुनले जितेका छन् ।
मंगलबार बिहान वीरेन्द्रचोकबाट सुरु भई मङ्गलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१.१ किलोमिटर दूरी १ घण्टा ९ मिनेट १५ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।
प्रतियोगितामा राजन रोकाय द्धितिय भए । उनले सो दूरी १ घण्टा ९ मिनेट २४ सेकेण्डमा पार गरे । त्यस्तै १ घण्टा १० मिनेट ११ सेकेन्डमा दौड पुरा गर्दै जुम्लाका चिने बुढा तृतीय भए ।
कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालका अनुसार विजेता तिर्थबहादुरले ७१ हजार, उपविजेता राजनले ४१ हजार र तृतीय भएका चेनेले ३१ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी ५ किलोमिटर छात्रातर्फ बिमला कार्की प्रथम, निशा मल्ल द्धितिय र लक्ष्मी शाहि तृतीय भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा बोल्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको जस्तै लक्ष्य लिएर विकासको गति अघि बढाउने बताए ।
एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रतियोगिताले कर्णालीलाई विश्वजगत्मा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टिप्पणी गरे ।











