Logo
Logo

राष्ट्रिय एथलेटिक्स सुरु, खेलकुदमन्त्रीद्वारा उद्घाटन


189
Shares

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदखि सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गरे ।

तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ठ प्रदशर्नकालागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिए ।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी-प्रहरी-सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्