Logo
Logo

क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा


756
Shares

काठमाडौं । नेपाल त्रिकेट संघ (क्यान)ले क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।

लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ टिममा अटाएका छन् ।

नेपालले क्यानडासँग २ एक दिवसीय शृङ्खला खेल्ने छ । नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्