
काठमाडौं । देशका विभिन्न ठाउँको हवाई सेवा प्रभावित भएको छ । भारी वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो ।
विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडान बिहानैदेखि प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले पर्सीसम्म नै वर्षा जारी रहने जनाएको छ ।











