
दार्चुला । अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध भएकाे छ ।
महाकाली नगरपालिका–८ स्थित असिगडामा खसेको पहिरोले सडक पुरेकाे छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी बाटामै रोकिएका छन् ।
नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खलङ्गा– दल्लेख–खार सडक अन्तर्गतको मालबेला क्षेत्रमा पहिरो खस्दा खानेपानी अवरुद्ध भएको छ ।











