
काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ लामावगरस्थित रिकु भिरबाट लडेर मजदुरको मृत्यु भएको छ ।
जाजरकोट छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लामावगर–सिमीगाउँ जोड्ने सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।











