
बुटवल । लगातारको वर्षासँगै बुटवलको तिनाउ नदीमा मंगलबार बिहान पानीको सतह बढेको छ ।
रुपन्देही, चुरे र आसपासको माथिल्लो क्षेत्रमा पनि ३ दिनदेखि निरन्तर पानी परिरहेकाले बाढीको सम्भावना रहेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ ।
आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले नदीको आसपासका क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।











