
विराटनगर । अबिरल वर्षासँगै विराटनगरस्थित सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।
विराटनगर–८ मा पर्ने किनारका बस्तीमा बाढी पसेको हो । बाढीका कारण २५ परिवार विस्थापित भएका छन् ।
विस्थापितलाई सुरक्षित स्थानमा सारिएको मोरङका प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए ।
किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।











