Logo
Logo

झापाका २ सय बढी घर डुबानमा


1.3k
Shares

झापाको कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले गरेको कटान। रासस

झापा । झापाका २ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

निन्दा, रतुवा, मेची, कन्काई, वीरिङ, कमललगायत नदीमा बढी आएसँगै बस्ती डुबानमा परेका हुन् । मध्यान्ह १२ बजेसम्म २ सय ५ घर डुबानमा परेको तथ्यांक प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कन्काईको बाढीले सय घर डुवानमा परेका छन् । शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रतुवाको बाढीले गौरादह–६ तेलिया डाँगीका ५० घर डुबानमा परेका छन् ।

भद्रपुरमा २५ घरमा बाढी पसेको छ । शिवसताक्षी–३ र ४ मा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् । झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएकाले अन्य जोखिम क्षेत्रको पहिचान गरी स्थानीयलाई सुृरक्षित स्थानमा सार्ने तयारी भइरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्