
काठमाडौं । नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीले आर्थिक, सामाजिक, सांस्कृतिक लगायत अधिकारको सुनिश्चितता माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौंस्थीत संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने प्रमुख माग रहेको छ ।
त्यस्तै नीजि बिद्यालयमा अध्ययनरत बिद्याथीलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने माग छ । उनीहरुले आफुहरुमाथिको भेदभाव अन्य गर्नुपर्ने मागसमेत राखेका छन् ।
त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि आग्रह गरेका छन् ।











