Logo
Logo

आगामी निर्वाचनमा एकीकृत समाजवादीले देशैभर एकल उम्मेदवारी दिने



काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न बाँकी नै छ । तर, एकीकृत समाजवादीले भने निर्वाचन अभियान सुरु गरेको छ ।

काठमाडौंमा सोमबार र मंगलबार सम्पन्न प्रथम केन्द्रीय परिषद बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

केन्द्रीय परिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता जगन्नाथ खतिवडाले आजकै मितिबाट निर्वाचनमा होमिने निर्णय गरेको जानकारी दिए ।

उनले भने– ‘गठबन्धन आगामी निर्वाचनमा पनि कायम रहन्छ । तर, गठबन्धन भएर मात्र हुँदैन, पार्टी संगठन बलियो बनाउनुपर्छ भन्ने केन्द्रीय परिषद बैठकको एकमतको निष्कष र निर्णय हो । त्यसैले, आजकै मितिबाट निर्वाचन अभियानमा होमिने निर्णय गरिएको छ ।’

प्रवक्ता खतिवडाले देशव्ययापी रुपमा एकल उम्मेदवारी दिएर अघि बढ्ने गरी पार्टीलाई अगाडि बढाउने निर्णय भएको समेत जानकारी गराएका छन् । उनले भने– ‘गठबन्धन हुने कुरा छँदैछ । तर, पार्टी बलियो रुपमा उभ्याउन तल्लो तहसम्म एकल उम्मेदवारी दिनसक्ने गरी पार्टीलाई बलियो बनाउने हाम्रो निर्णय हो ।’

संवैधानिक व्यवस्थाअनुसार आगामी मंसिर भित्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने हुन्छ । तर, सरकारले निर्वाचनको मिति भने घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्