Logo
Logo

जसपामा चर्कियो विवाद, बाबुरामलाई कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद झनै चर्किएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र कृषिमन्त्री महेन्द्र यादवमाथि कारबाही गर्ने गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठलाई पनि पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको स्रोतले जानकारी दियो । बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई पनि फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

कारवाही र मन्त्री फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ । बैठकमा सहभागी एक नेताले भने, ‘उनीहरुलाई सचेत गराउनेदेखि जिम्मेवारी खोस्नेसम्मको अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।’

लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

स्रोतका अनुसार सोमबारको बैठकमा १९ जना कार्यकारिणी सदस्य सहभागी थिए । जसपामा ३२ जना कार्यकारिणी समिति सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्