डेढ करोड ठगी आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ « Drishti News – Nepalese News Portal
Logo

डेढ करोड ठगी आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ


appharu



काठमाडौं, २५ पुस ।
करिब डेढ करोड ठगी आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । पुतलीसडकमा जेट्स नामक कन्सलटेन्सी चलाउने पाल्पा स्थायी घर भएका गणेश ढकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उनले क्यानाडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा लिएर खातामा पैसा नभएको चेक दिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्