Logo
Logo

चार महिलाको ठगी समूह, गाउँ गाउँमा गएर ठगी


0
Shares

धनकुटा – विष्यवाणी गरिदिने तथा उपचार गर्ने भन्दै ठगी गरेको अभियोगमा चार महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३ घर भएकी ३० वर्षीया शनिचरी माली, वुधिया खातुन र २८ वर्षीया जयदा खातुन छन् ।

गाउँ– गाउँमा गएर सर्वसाधरणलाई प्रलोभनमा पार्दै उपचारसमेत गरिदिने वहानामा ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले जडिबुटी बरामत गरेको छ । गरगहनासमेत लुट्ने प्रयास गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका चारै जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्