Logo

दुईवटा टाउको, चारवटा खुट्टाको भरमा मात्र पार्टी चल्दैन : राम कार्की ‘पार्थ’


Published On : 23 July, 2019

मुलुकको सबैभन्दा ठूलो, दुईतिहाइ नेतृत्वको सरकारको नेतृत्व गरिरहेको यहाँहरूको पार्टी निकै समयदेखि अलमलमा देखिन्छ । कारण के हो ?

खास गरेर अहिलेको जुन अलमल छ, त्यो बुझ्न अतितको मूल्यांकन गर्नुपर्ने हुन्छ । किनभने, यसरी पनि कम्युनिष्ट पार्टी रहने, यसरी पनि कम्युनिष्ट पार्टी चल्ने, यसरी पनि सबैले आफूलाई कम्युनिष्ट पार्टीको नेता ठान्ने, मान्ने परिस्थिति उत्पन्न हुनुको पछाडि स्वभाविक रूपमा कारणहरु छन् । तर, हाम्रो आन्दोलनमा आफ्नो अतितप्रति श्रद्धाभाव मात्रै रहन्छ, निर्मम भएर समीक्षा गरिँदैन, मूल्यांकन गरिँदैन । अतितमा आफूले गरेका कमजोरीहरूप्रति पनि खासै औँला नठड्याउने, श्रद्धा गर्ने अर्थात पितृश्राद्ध गरेजस्तो अवस्था छ । अहिले दुवै पार्टीहरू जो एकताबद्ध भएका छन्, यिनले आफ्नो अतितको समीक्षा गर्ने आँट गर्नैपर्ने हुन्छ । तर, यसबाट बच्ने प्रयास भइरहेको छ । यसरी बच्न खोज्दा कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दैन ।

राम कार्की ‘पार्थ’, स्थायी समिति सदस्य – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रतिनिधिसभा सदस्य

अहिले दुवै पार्टीहरू जो एकताबद्ध भएका छन्, यिनले आफ्नो अतितको समीक्षा गर्ने आँट गर्नैपर्ने हुन्छ । तर, यसबाट बच्ने प्रयास भइरहेको छ । यसरी बच्न खोज्दा कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दैन । पार्टी सानो हुँदासम्म अलिअलि जनवादको कुरा हुन्छ, छलफल हुन्छ । पार्टी ठूलो हुँदै गएपछि केन्द्रियता जब्बर भएर जान्छ र अन्त्यमा त्यही एकमनावादी सोचले काम गर्छ । मैले जे सोचेको छु, कार्यकर्ताको अर्को पंक्तिले त्यही सोच्नुपर्छ भन्ने लाग्न थाल्छ, नेतृत्वलाई ।

यो बोध पार्टीका शीर्षस्थ नेतृत्वलाई छैन ?

संसारमा धेरै मान्छेको पतन उसले नबुझेर, नजानेर भएको होइन । हामी मिथोलोजीमा पनि देख्छौँ, दुर्योधनलाई थाहा थियो कि भीष्मको सहानुभूति पनि पाण्डवतिरै छ, द्रोणको सहानुभूति पनि उतै छ, कृष्णजस्ता अतिचतुर मान्छे उनीहरूका सल्लाहकार छन्, म अवश्य हार्छु । तर, परिस्थितिले धकेल्दै लगेपछि मान्छे होमिँदै जान्छ, जसरी दुर्योधन युद्धमा होमिन बाध्य भयो । अरु मान्छेलाई हेर्नुभयो भने त्यस्ता उदाहरण देख्नुहुन्छ । हिटलर भन्नुस्, मुसोलिन नै भन्नुस्, या अरु धेरै मान्छे पनि नजानेर, नबुझेर पतन भएका होइनन् । खासगरी, मैले औँल्याउन खोजेको कुरा के भने, आन्दोलन यो स्थितिमा ल्याउने जुन कारण छ, त्योमाथि गम्भीर बहस हुनुपर्छ । निदान र त्यसको उपचारपछि नै हामी एउटा सही बाटो पहिल्याउन सक्छौँ ।

तपाईंले यसो भनिरहँदा यसै साताका प्रगति उत्साहजनक नै लाग्छन् । धमाधम काम गरेर नेताहरूले हिजोका आफ्ना त्रुटी सच्याइरहेका छन् भन्न सकिन्न ?

छैन, छैन । गल्तीमाथि झन गल्ती थपिँदैछ । त्यसको चाँङ लाग्दैछ ।

एकचोटी माथि पुगेको मान्छेले सबै कुरा मैले नै जानेको छु, मभन्दा श्रेष्ठ अरु कोही छैन भन्न थाल्छ भने विस्फोटको अवस्था आउँछ । उहिले पनि भनिन्थ्यो, राजाले रुख चढ्न सक्छ, राजा खोला तर्न सक्छ, सबैभन्दा विद्वान, बलशाली राजा नै हुन्छन् भन्ने भ्रम छरिन्थ्यो । अहिलेका नेता पनि रुख पनि चढ्न सक्ने, फाल हाल्न पनि सक्ने, हाइजम्प–लङजम्प पनि सबैभन्दा धेरै गर्न सक्ने, सबैभन्दा बलशाली, विवेकी, बुद्धिमान भएका हुन् ? होइनन् ।

कसरी ? उहाँहरू त हामीले निकास दियौँ । सांगठनिक एकताको बाँकी प्रक्रिया टुंग्याउँदैछौँ भन्नुहुन्छ ?

संगठनको कुरा गर्दा एउटा सन्दर्भ जोड्न चाहन्छु । सोभियत संघको बोल्सेभिक पार्टीको दसौँ महाधिवेशनले पार्टीमा गुटहरू रहने छैनन्, पार्टीभित्र अलगअलग पत्रिका प्रकाशित गर्न पाइनेछैन, पार्टी एकमत भएर अगाडि जानुपर्छ भनेर एउटा ‘रिजुलेसन’ पास ग¥यो । त्यसबेला सोभियत संघमा धेरै देशहरूले आक्रमण गरेका थिए । त्यहीभित्रका प्रतिक्रान्तिकारीहरू पनि क्रान्तिलाई उल्टाउने प्रयासमा थिए । त्यस्तो परिस्थितिमा क्रान्ति गर्ने पार्टीले एउटा ‘रिजोलुसन’ पास ग¥यो । तर, जब लेनिन थला पर्नुभयो, बित्नुभयो उहाँका उत्तराधिकारीहरूले त्यसैलाई टेकेर मोनोलिथिक (एकमनावादी) पार्टी बनाउने एउटा गलत अवधारणा प्रयोगमा ल्याए । लेनिनको गत्यात्मकता हेर्दा मलाई लाग्छ, केही वर्ष अझै बाँच्नुभएको भए, सायद नयाँ परिस्थितिमा संगठनको नयाँ सिद्धान्त ल्याउनुहुन्थ्यो । तर, उत्तराधिकारीहरूले दसौँ कांग्रेसको ‘रिजोलुसन’को महिमामण्डन, बढाइचढाइ गर्दा यो अवस्था उत्पन्न भयो । पछि माओत्सेतुङले त्यसलाई संद्धान्तिक दार्शनिक रूपमा खण्डन गर्ने कोशिश गर्नुभयो र भन्नुभयो, पार्टी विपरीतहरूको एकत्व हो । पार्टी एकमनावादी, एउटै स्लेट, एउटै ढुंगाको एउटै पत्थरमा कुँदिएको हुँदैन । तर, नेपालमा अझै महिमामण्डनको प्रभाव देखिन्छ । पार्टी सानो हुँदासम्म अलिअलि जनवादको कुरा हुन्छ, छलफल हुन्छ । पार्टी ठूलो हुँदै गएपछि केन्द्रियता जब्बर भएर जान्छ र अन्त्यमा त्यही एकमनावादी सोचले काम गर्छ । मैले जे सोचेको छु, कार्यकर्ताको अर्को पंक्तिले त्यही सोच्नुपर्छ भन्ने लाग्न थाल्छ, नेतृत्वलाई । जबकि एउटा भिन्न परिस्थितिमा हामी थियौँ । हामीले बेग्लै संगठनात्मक सिद्धान्त बनाउनुपर्ने थियो । आज पनि जरुरी छ । तर, हामीसँग संगठनात्मक सिद्धान्त नै छैन । त्यसैले मैले यो कुरालाई इंकित गर्न खोजेको हुँ, कि पार्टी एकमनावादी हुँदै आयो, चल्दै आयो । हुनतः व्यक्तिका स्वभाव, आचरणले केही फरकपन आउन सक्छ । व्यक्तिहरू कति ‘इन्लाइटेड’ छन्, कति पढेलेखेको छन्, कति सुसंस्कृत छन् भन्ने कुराले अलिअलि फरक त पार्छ नै । तर, मूलप्रवृत्ति यही एकमनावादी रह्यो । अब राजनीतिक संघर्षको कुरा गर्दा, कम्युनिष्ट पार्टीले संघर्षका थुप्रै विधि अपनाउँछ । ती विधिमध्ये हिंसात्मक संघर्ष हुन्छ । त्यसका पनि मूलः दुईवटा बाटा छन् । एउटा जनविद्रोह संगठित गर्ने, अर्को दीर्घकालीन जनयुद्ध । शान्तिपूर्ण जनसंघर्षका पनि थुप्रै रूपहरू छन्, आयाम छन् । जस्तो, ट्रेड युनियन संघर्ष, जनसंगठनहरूले गर्ने संघर्षहरू, संसदीय संघर्ष, चुनावी संघर्ष आदि । संघर्षको कुनबाटो अपनाउने ? हिंसात्मक या हिंसारहित ? भन्ने कुरा समय परिस्थितिले निर्धारण गर्ने कुरा हो । यी दुईवटा पार्टीहरू जसका हामी सन्तान हौँ, जुन पार्टीमा आज हामी छौँ, यी दुवैमा पनि अतितमा पनि अति थियो । जस्तो, एमालेको आफ्नो पूर्वस्थिति हेर्ने हो भने, कुनै एक समयमा हिंसाबाहेक अरु सबै भ्रम हो भन्ने थियो । अझ, जसका नग्राँहरू वर्गशत्रुको रगतले भिजेको छैन, त्यसलाई कम्युनिष्ट भन्ने अधिकार छैन भन्ने खालको नारा लिइन्थ्यो । यता, माओवादीले पनि संगठनको रूप नै सेना र संघर्ष नै युद्ध हो भनेर दशवर्षसम्म हिंसात्मक संघर्ष सञ्चालन ग¥यो । अनि, केही समय पहिला एमाले र केही समयपछि माओवादी दुवै फेरि शान्तिपूर्ण मात्रै संघर्ष गर्ने र हुँदाहुँदै संसदीय संघर्ष मात्रै गर्ने, चुनावमा मात्रै भाग लिने सोचमा आए । चुनावदेखि चुनावसम्म मात्र जान त यस्तै संगठनले काम चलिहाल्छ नि । तपाईंलाई समाजमा ठूलो परिवर्तन ल्याउनु छैन भने समाजलाई रुपान्तरण गर्नु छैन भने किन चाहियो बलियो संगठन ? किन चाहियो पद्धति ? किन चाहियो राजनीतिक कार्यक्रमहरू ? यथास्थितिलाई जोगाइराख्ने कुरा न हो । अहिले नेपालमा यहाँको जो सामाजिक आर्थिक व्यवस्था छ, सामाजिक आर्थिक सम्बन्धहरू छन्, त्यो त बिल्कुल उदारपुँजीवादकै डक्ट्रिनमा हिँडेको छ । त्यसबाट ‘डिपार्ट’ गर्ने, सम्बन्ध बिच्छेद गरेर अगाडि बढ्ने प्रयास भएको छैन ।

भनेपछि दुई पार्टीबीचको एकता मूलतः चुनावदेखि चुनावसम्मको मात्रै कार्यनीति हो, त्यहाँदेखि अगाडि जान होइन । नेताहरूले समाजवादतिर जाँदैछौँ भन्दैछन् नि ?

भन्नलाई त जे भने पनि भयो । तर, गरेको हुनुप¥यो नि, जनताले अनुभूत गनुप¥यो नि । हामीले गरेको कामलाई हेर्नुप¥यो, एक्सन के छ भनेर । एक्सनमा समाजवादतिर गएको देखिँदैन ।

संविधानमै संविधानउन्मुख भनेर लेखिसकियो नि ?

संविधानमा लेखिदिएर समाजवाद आउने भए साम्यवाद नै लेखौँ न, आउँछ त ? आउँदैन नि । समाजवाद भनेको त एउटा संघर्ष हो, ‘क्लास स्ट्रगल’ हो, जहाँ तपाईंले उत्पीडित गरी खाने वर्गलाई राजनीतिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा श्रेष्ठ सावित गर्नुपर्छ, श्रेष्ठ बनाउनुपर्छ । अब दलालपुँजीपतिहरूसँग चन्दा लिएर, उनीहरूकै इसारामा सबै गतिविधि गरेर, उनीहरूले भर्दिएको चाँबीमा फन्फनी नाचेर आउने भए त अरु देशमा पनि आइसक्थ्यो, समाजवाद । मैले अहिले दुवै पार्टीका दुर्वल पक्षका चर्चा मात्र गरिरहेको छु, त्यसैले नकारात्मक लाग्न सक्छ । यिनका सवल पक्ष पनि छन् । तर, यी दुवैका दुर्वलपक्षमाथि गम्भीर समीक्षा नगरी अगाडि जान सकिँदैन ।

त्यसो भए यी दुई पार्टीको एकताको आधार चैँ के थियो ?

खास गरेर वैचारिक राजनीतिक क्षेत्रमा यी दुईवटै पार्टी दुर्वल भइसकेका थिए, त्यसले गर्दा नै एकता सम्भव भयो । यी दुईमध्ये कुनै एउटा वैचारिक रूपमा अलि बलियो भएको अवस्था हुन्थ्यो भने एकता हुँदैनथ्यो । एकताको कुरा धेरै पहिलेदेखि नै चलेको थियो । तर, भएन नि । किनभने ०६४ मा माओवादीले एमालेलाई खान्छ कि जस्तो भइसकेको थियो । फेरि ०७० मा अब एमालेले माओवादीलाई खान्छ कि भन्ने । तर, दुईवटै पार्टी वैचारिक राजनीतिक गतिरोधको शिकार बनेका थिए । त्यसले एकले अर्कोलाई खाने स्थिति बनेन । र, पार्टी एक भयो, बडो राम्रो भयो । पार्टी एक हुनुपर्छ भनेर दुई अध्यक्षले भन्दिनुभयो । एकदमै राम्रो कुराको घोषणा गर्नुभयो । सबैले समर्थन गरे । वाहवाही भयो । तर, उहाँहरूलाई के लाग्न थाल्यो भने, हामीले भन्दिए पुग्नेरहेछ, घोषणा गर्दिए पुग्नेरहेछ । हाम्रा कुरा सर्वमान्य रहेछन् । यसो हुँदै हुँदै आजको स्थिति बन्यो र नेतृत्वको आलोचना हुन थाल्यो ।

खास गरेर वैचारिक राजनीतिक क्षेत्रमा यी दुईवटै पार्टी दुर्वल भइसकेका थिए, त्यसले गर्दा नै एकता सम्भव भयो । यी दुईमध्ये कुनै एउटा वैचारिक रूपमा अलि बलियो भएको अवस्था हुन्थ्यो भने एकता हुँदैनथ्यो । पार्टी एक हुनुपर्छ भनेर दुई अध्यक्षले भन्दिनुभयो । एकदमै राम्रो कुराको घोषणा गर्नुभयो । सबैले समर्थन गरे । वाहवाही भयो । तर, उहाँहरूलाई के लाग्न थाल्यो भने, हामीले भन्दिए पुग्नेरहेछ, घोषणा गर्दिए पुग्नेरहेछ । हाम्रा कुरा सर्वमान्य रहेछन् । यसो हुँदै हुँदै आजको स्थिति बन्यो र नेतृत्वको आलोचना हुन थाल्यो ।

गाँठो फुकाउन भनेर दुई अध्यक्षलाई अधिकार दिने त यहाँहरू नै हो । भनेपछि एकमनावादतिर त यहाँहरूले नै प्रवेश गराउनुभएको रहेछ नि ?

हामीसँग कहिल्यै राय सल्लाह पनि लिइएन । आफूलाई मन परेका, आफूनजिक रहेका दुई चारजनाका मतलाई नै उहाँहरूले सबैका मत ठान्नुभयो । डेमोक्रेटिक प्रक्रियाप्रति पनि उहाँहरूमा अरुचि छ कि भन्ने मलाई लाग्न थालेको छ । जो नजिक छ, प्रिय छ, त्यससँग मात्रै सल्लाह गर्ने र त्यसैलाई सबैसँग सल्लाह गरेको रूपमा व्याख्या गर्ने भनेको त डेमोक्रेसीलाई अस्वीकार गरेको हो ।

तपाईंको अर्थ अहिले दुई अध्यक्ष मात्र बसेर गरेका निर्णयहरूमा पार्टीको अपनत्व छैन, ती प्रक्रियाविपरीत छन् ?

यो त उहाँहरूले बुझ्नुपर्ने हो कि दुईजनाले मात्रै गरेका निर्णय कुनै पनि बेला अमान्य हुन सक्छन् । तपाईं डोरीलाई यसरी कस्नु हुन्छ कि डोरीको तन्कने क्षमता नै गुम्छ भने अवश्य पनि त्यो चुडिन्छ । सबै भताभुंग हुन्छ । एकपटक त्यस्तो ‘अथोरिटी’ सिपी मैनालीसँग पनि थियो । मोहनविक्रमसँग पनि थियो । जुनसुकै बेला देश ठप्प बनाइदिन सक्थे । तर, अहिले कहाँ गयो त्यो ‘अथोरिटी’ ? त्यसैले मुख्य कुरा अबिलम्ब प्रक्रियामा फर्कनु हो, अबिलम्ब ‘डेमोक्रेसी’लाई बहाल गर्नु हो । एउटा कुनै खास बिन्दुमा ‘डेमोक्रेटिक’ प्रक्रिया अवरुद्ध भयो । उहाँहरू दुईजनाकै हातमा गयो । त के सदाका लागि हो ? त्यसलाई एउटा व्यवस्थाका रूपमा मान्नु भएन । छलफल गर्न उहाँहरूलाई कसले रोकेको थियो ? पोलिट्ब्युरो बनाउन, केन्द्रीय समिति, स्थायी समितिको बैठक गर्न कसले रोकेको छ ? उहाँहरूले सयौं काम भ्याइरहनुभएको छ । जो अनावश्यक छ । त्यो भ्याउँदा पार्टीका काम गर्न भ्याइँदैन ? गर्न खोज्ने हो भने अवश्य भ्याइन्छ ।

भनेपछि, समाजवादतिर हिडिसकेको पार्टीमा ‘डेमोक्रेसी’ नै संकटमा छ ?

प्रजातन्त्रको पनि विकसित र घनिभूत रूप हो, समाजवाद । प्रजातन्त्रको पनि विस्तार हो । अझ गहिरो, अझ सुदृढ, अझ गाढा प्रजातन्त्रलाई हामी समाजवाद भन्छौँ । केवल राजनीतिक नारा मात्रै होइन, सामाजिक स्वतन्त्रता, समानता भएको अर्थात प्रजातन्त्रको सामाजिक पक्ष पनि संयोजित भएको प्रजातन्त्रको माक्र्सले परिकल्पना गर्नुभएको हो । केवल भोट दिने अधिकार, बोल्ने मात्रै होइन, नानी पढाउने अधिकार, उपचार गराउने अधिकार, भौतिक विकासका कुरामा, मानसिक विकासका कुरामा सबैको पहुँच भएको प्रजातन्त्रको माक्र्सले परिकल्पना गर्नुभएको हो । तर, हामी त्यतातिर हिँड्दै छैनौँ । पार्टीको राजनीतिक दस्तावेज ल्याउन कसले केले रोकेको छ ? बैठकहरू गर्न, महाधिवेशनको तयारी गर्न, मिति तोक्न केले रोकेको छ ? उहाँहरू आखिर बनाइरहनुभएको छ, जेसुकै । राजदूत बनाइरहनुभएको छ । मन्त्री बनाइरहनुभएको छ । डाइरेक्टर बनाइरहनुभएको छ । के–के बनाइराख्नुभएको छ । यस्ता मनपरी गर्न मिल्छ भने राम्रो काम चैँ गर्न मिल्दैन ? माथि एउटा राजनीतिक कमिटी बनाएर अबको गतिरोधबाट कसरी अगाडि जाने भन्ने छलफल तलसम्म गराउन सकिन्छ । जहाँसुकै भ्रष्टाचार बढ्यो भन्ने गुनासो छ । भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भनेर छलफल गर्न सकिन्छ । हामीले अधिकार जनताको घरदैलोसम्म पु¥याउन खोजेको कि भ्रष्टाचारलाई आम बनाउन खोजेको ? आखिर ज्ञानको स्रोत भनेको जनता र जनताले गर्ने संघर्ष त हो । त्यसो हुनाले तल्ला कमिटीहरूलाई अविलम्ब काम गर्न दिएर, छलफल गराएर, त्यहाँबाट आउने रायसल्लाहका आधामा अगाडि बढियो भने हामी ठीकदिशा लिन सक्छौँ । एकचोटी माथि पुगेको मान्छेले सबै कुरा मैले नै जानेको छु, मभन्दा श्रेष्ठ अरु कोही छैन भन्न थाल्छ भने विस्फोटको अवस्था आउँछ । उहिले पनि भनिन्थ्यो, राजाले रुख चढ्न सक्छ, राजा खोला तर्न सक्छ, सबैभन्दा विद्वान, बलशाली राजा नै हुन्छन् भन्ने भ्रम छरिन्थ्यो । अहिलेका नेता पनि रुख पनि चढ्न सक्ने, फाल हाल्न पनि सक्ने, हाइजम्प–लङजम्प पनि सबैभन्दा धेरै गर्न सक्ने, सबैभन्दा बलशाली, विवेकी, बुद्धिमान भएका हुन् ? होइनन् । जतिबेला उनीहरूले तल्लोतहका जनतासँग रायसल्लाह लिने गर्छन्, जनताको तागत लिने गर्छन्, त्यतिबेला मात्र उनीहरू विवेकी हुन्छन्, बुद्धिमान हुन्छन् । सामथ्र्यशाली हुन्छन् ।

मुलनेतृत्वमा एकमनासोच हावी हुँदै जानुमा पार्टीका अन्य नेताहरूको पनि कमजोरी छ भन्ने यहाँहरूलाई लाग्छ कि लाग्दैन ?

हाम्रातर्फबाट पनि स्वभाविक रूपमा कमजोरीहरू भएका छन् । त्यसैले म भन्छु कि उहाँहरूले पनि बेलैमा के बुझ्नुपर्छ भने हामी उहाँहरूकै साथी–संगति हौँ । तर, हामी पनि धेरै भलाद्मी चैँ छैनौँ । म खाली व्यक्तिको कुरा गर्दिनँ । भोलि एकदमै अशिष्ट व्यवहार ग¥यो भन्ने पनि सुन्न सकिन्छ । यस्तो त गर्न नहुने भन्ने पनि सुन्न सकिन्छ । किनभने सोभियत रूस आणविक शक्ति सम्पन्न महाशक्ति राष्ट्र थियो । त्यो आणविक अस्त्र परिचालन गर्न सक्ने अधिकार लिएर बसेका नेताहरूलाई जनताले जुल्फीमा समातेर स्न १९८९ मा सडकमा घिसारे । तिनै जनताले १९१७ मा शासनमा पु¥याइदिएका थिए । त्यसबाट हामीले सिक्नु पर्दैन ? हामीले शिष्ट तरिकाले, सौम्य तरिकाले, राजनीतिक भाषामा यो प्रकारको दबाब दिइरहेका छौँ कि केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउनुस्, स्थायी समितिको बैठक छिटोभन्दा छिटो गर्नुस्, महाधिवेशनको मिति तोक्नुस्, राजनीतिक बहस छलफलहरू गराउनुस् ।

अहिले राजनीतिक वैचारिक दृष्टिले दुनियाँ संकटमा छ । कम्युनिष्टहरू त पहिलेदेखि नै एउटा संकट सामना गर्दै थिए । खासगरी प्रतिक्रान्तिहरू हुन थालेपछि अगाडि कसरी बढ्ने भन्ने सैद्धान्तिक वैचारिक बाटोमा धेरै अलमल थियो, कम्युनिष्टहरूलाई । तर, अब पुँजीवादमै पनि संकट छ । उदारपुँजीवाद अन्तिम उत्तर हो । संसारले अपनाउने अन्तिम चिज हो भनेर भनिएको थियो । खासगरी, फु कि यामाहरूले लेखे कि अब सामाजिक र राजनीतिक मूल्यको खोजी यो अन्तिम हो । तर, अहिले उदारपुँजीवादको गर्भबाट फाँसिवाद जन्मिँदैछ । टर्कीमा हेरौँ । फिलिपिन्समा हेरौँ । अमेरिकामा हेरौँ । पुँजीवादमा स्थायी रूपमा त संकट आइरहन्थे, तर, अहिले पुँजीवादका अगाडि राजनीतिक संकट पनि आयो । हाम्रो पनि प्रणाली त पुँजीवादी नै हो । समाजवाद त पुग्ने ठाउँ भनेर लेखेको न हो हाम्रो संविधानमा । तर, हाम्रा सम्बन्धहरू, हाम्रा बजेटहरू, नीतिहरू, कार्यक्रमहरू, नोकरशाही सम्बन्धहरू त सबै पुँजीवादी छन् र त्यो पनि सामन्तवादका प्रशस्त अवशेषसहित । त्यो स्थितिमा आएको संकट पुँजीवादमाथि हो । हामीले पनि पुँजीवादी अभ्यास नै गरिराखेको हुनाले संकट महसुस गरिराखेका छौँ । कम्युनिष्टको हिसावले सोच्दा अहिले हाम्रो संकट संघर्षको एउटा मात्रै रूप अपनाउनु र पार्टी संगठनमा एकमनावादी बन्न खोज्नु हो । यसबाट पार पाउन पनि विधि समात्नैपर्दछ ।

अहिले नेपालमा यहाँको जो सामाजिक आर्थिक व्यवस्था छ, सामाजिक आर्थिक सम्बन्धहरू छन्, त्यो त बिल्कुल उदारपुँजीवादकै डक्ट्रिनमा हिँडेको छ । त्यसबाट ‘डिपार्ट’ गर्ने, सम्बन्ध बिच्छेद गरेर अगाडि बढ्ने प्रयास भएको छैन ।

संविधानमा लेखिदिएर समाजवाद आउने भए साम्यवाद नै लेखौँ न, आउँछ त ? आउँदैन नि । समाजवाद भनेको त एउटा संघर्ष हो, ‘क्लास स्ट्रगल’ हो, जहाँ तपाईंले उत्पीडित गरी खाने वर्गलाई राजनीतिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा श्रेष्ठ सावित गर्नुपर्छ, श्रेष्ठ बनाउनुपर्छ ।

जो नजिक छ, प्रिय छ, त्यससँग मात्रै सल्लाह गर्ने र त्यसैलाई सबैसँग सल्लाह गरेको रूपमा व्याख्या गर्ने भनेको त डेमोक्रेसीलाई अस्वीकार गरेको हो ।

यहाँले कुराकानीको प्रारम्भमै पनि दुई पार्टी एक हुन बाध्यात्मक अवस्था सिर्जना भइसकेको थियो भन्नुभयो । कागजमै सही समाजवाद त लेखियो । अब समाजवादसामु आइपर्ने तगारा के–के हुन् ?

मान्छे मात्र होइन, यो पृथ्वीका प्राणीहरूको हित पनि समाजवादअन्तर्गत नै छ । किनभने समाजवादले लक्जरी, ऐयासी, यो दोहनको छुट दिँदैन । म त के विश्वास गर्छ भने त्यो भन्दा अर्को बाटो छैन । हामी त क्लाइमेट आर्मी पनि बनाउन चाहन्छौँ । तर, कति मूल्य चुकाएर त्यहाँ पुग्ने त्यहाँ भन्ने कुरा मुख्य हुने रहेछ । अहिले युरोप र अमेरिकामा पुँजीवादी संकट जसरी गहिरिएको छ, त्यो हेर्दा सोभियत संघमा लेनिनले अगुवाई गर्दाको जस्तो बोल्सेभिक पार्टी अहिले अमेरिका युरोपमा हुन्थ्यो भने क्रान्ति भइसक्थ्यो । सन् १९१७ ताका सोभियत रूसमा १५ करोड जनसंख्या थियो भन्ने अनुमान गरिन्छ । तर, कम्युनिष्टहरूको संख्या आठ दश हजार मात्रै थियो । त्यति कम सदस्य भएको पार्टीले १५ करोड जनसंख्या भएको देशमा क्रान्ति ग¥यो । केही हजार पार्टी सदस्यले लाखौँ जनतालाई क्रान्तिमा परिचालित गरे । तर, हामी कस्तो पार्टी बनाउँदैछौँ भने लाखौँ सदस्य हुने तर, सय परिचालित पनि नहुने । हुँदाहुँदा अहिले त दुईजना (दुईअध्यक्ष) मात्रै परिचालित हुने । आठ दश लाख सदस्य भएको पार्टीको दुईवटा मात्रै मष्तिष्क चल्छन्, चारवटा मात्रै हातगोडा चल्छन् भने कस्तो अवस्था हुन्छ ? त्यसैले अविलम्ब स्थायी समिति र केन्द्रीय समितिको बैठक गर्नुपर्छ । बहसका फोरमहरू सञ्चालन गर्नुपर्छ । केवल पार्टीका सदस्य मात्र होइन, प्रजातन्त्र ‘भाइब्रान्ट’ भइराख्न विभिन्न किसिमका नागरिक फोरमहरू पनि चाहिन्छन् । हामीलाई भोट नदिनेहरूको पनि आवाज सुन्नुपर्छ । यो चुनावै गलत भन्नेहरूका आवाज पनि सुन्नुपर्छ । तब न ‘डेमोक्रेसी भाइब्रान्ट’ हुन्छ । आफ्नै पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्यको आवाज नसुन्ने तरिकाले अब अगाडि बढ्न सकिँदैन । पद जाँदा त ठूलठूलो उहाँहरूकै जान्छ । हाम्रो त एउटा केन्द्रीय सदस्य मात्र जाने हो ।

त्यस्तो जोखिमको अवस्थामै पुगिसकेको हो र ?

कहिले काँही हामी विपक्षी नै छैन भन्ठान्छौँ । हामीले चिनेको त कांग्रेस हो, त्यो आउला जस्तो छैन । हामीले चिनेको त राप्रपा हो, त्यो पनि आउला जस्तो छैन भनेर भ्रममा बस्छौँ । जनसमूहको तागत हामी चिन्दैनौँ । त्यो बाढी कुनै पनि बेला आउन सक्छ । त्यसले पनि लखेट्दिन सक्छ । काठमाडौंमा निस्किएको पछिल्ला ¥यालीलाई तपाईं के भन्नुहुन्छ ? त्यस्तै ¥याली बढ्दै गयो, लम्बिँदै गयो भने के हामी कभर गर्न सक्छौँ ? त्यसो हुनाले हाम्रो अतितका दुर्वल पक्षको समीक्षा हुनुप¥यो । त्यो संगठनको क्षेत्रमा, त्यो राजनीतिक कार्यदिशाको क्षेत्रमा । अहिले पनि मलाई लाग्ने के हो भने, छलफल गरौँ, राजनीतिक कार्यदिशा अपनाउँदा हामीले शान्तिपूर्ण या हिंसा भनेर टाँसिरहनु पर्दैन त्यो समय परिस्थितिले निर्धारण गर्ने कुरा हो । मुख्यकुरा संघर्षका विभिन्न रूपहरूलाई उपयोग गर्नुपर्छ । त्यसमध्ये ट्रेड युनियन संघर्षहरू हुनुप¥यो । जनवर्गले आफ्ना आवाज मुखरित गर्नुप¥यो । पार्टीको एउटा हिस्सा त्यसप्रकारको आन्दोलनमा रहनुप¥यो । सबै चुनावमा जाने, सबै चुनावमा भाग लिने भनेको संसदीय भासमा गाडिनु हो । संसद्बाहेक अन्त कहीँ भविष्य, वर्तमान नदेख्ने भएपछि त त्यही हो नि संसदीय भास भनेको । हामी त त्यसलाई सफा गर्न हिँडेका हौँ । सरकार नै चलाउँदा पनि यसलाई फरक ढंगले क्रान्तिकारी उपयोग गर्ने हो ‘नकि आफ्नो हात जगन्नाथ’ । यसलाई अहोभाग्य ठान्नु हुँदैन । अब व्यक्तिले पजनी गर्ने सिस्टम भएपछि त सबै मन्त्रीहरू आफूलाई बडा भाग्यमानी ठानिरहेका होलान् । अरु हामीलाई अभागी भन्दा हुन् । कर्म छैन त्यसको, मलाई त चिठ्ठा प¥यो भनिरहेका होलान् । नत्र त कम्युनिष्ट पार्टीमा प्रक्रियाले बनाउने हो मन्त्री त । कुन मोर्चामा कसलाई पठाउँदा उचित होला भनेर पार्टीले निर्णय गर्ने हो । पार्टीले सञ्चालन गर्ने हो । त्यो मन्त्रीलाई पार्टीले निर्देशन दिने हो । तर, व्यक्तिले बनाइदिएपछि त त्यो व्यक्तिप्रति अनुयायी हुन्छ भन्ने भ्रम हुन्छ, बनाइदिने व्यक्तिलाई । तर, त्यो व्यक्तिले कुनै राम्रो काम गरिरहेको भए पो त्यसप्रति अनुग्रहित बन्नुपर्ने, ऋणि बन्नुपर्ने । ऊ मनपरी गरिरहेको छ । आज बनाउँछ, भोलि तानिदेला ।

समाजवाद त पुग्ने ठाउँ भनेर लेखेको न हो हाम्रो संविधानमा । तर, हाम्रा सम्बन्धहरू, हाम्रा बजेटहरू, नीतिहरू, कार्यक्रमहरू, नोकरशाही सम्बन्धहरू त सबै पुँजीवादी छन् र त्यो पनि सामन्तवादका प्रशस्त अवशेषसहित । सन् १९१७ ताका सोभियत रूसमा १५ करोड जनसंख्या थियो भन्ने अनुमान गरिन्छ । तर, कम्युनिष्टहरूको संख्या आठ दश हजार मात्रै थियो । त्यति कम सदस्य भएको पार्टीले १५ करोड जनसंख्या भएको देशमा क्रान्ति ग¥यो । हामी कस्तो पार्टी बनाउँदैछौँ भने लाखौँ सदस्य हुने तर, सय परिचालित पनि नहुने । हुँदाहुँदा अहिले त दुईजना (दुईअध्यक्ष) मात्रै परिचालित हुने । आठ दश लाख सदस्य भएको पार्टीको दुईवटा मात्रै मष्तिष्क चल्छन्, चारवटा मात्रै हातगोडा चल्छन् भने कस्तो अवस्था हुन्छ ? आफ्नै पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्यको आवाज नसुन्ने तरिकाले अब अगाडि बढ्न सकिँदैन । पद जाँदा त ठूलठूलो उहाँहरूकै जान्छ । हाम्रो त एउटा केन्द्रीय सदस्य मात्र जाने हो ।

यो कमजोरी आउनुमा चारित्रिक स्खलन कति दोषी छ ? हामी रुपान्तरित भएर समाजवादी भएका रहेनछौँ भन्ने निष्कर्षमा पुग्दा हुन्छ ?

‘डेमोक्रेसी सोसलिजम’ भनेको पारदर्शिता हो । कुनै समाज ‘डेमोक्रेटिक’ हो कि होइन भन्नलाई त्यो समाज पारदर्शी छ कि छैन त्यो हेरिन्छ । पारदर्शी समाजमा भ्रष्टाचार कम हुन्छ । म कहाँ बस्छु, के खान्छु । म कसको पैसाले बेलायत गएँ । कसले पैसाले उपचार गराएँ भन्ने कुरा पारदर्शी भए त्यहाँ भ्रष्टाचारको कम गुञ्जायस हुन्छ । तर, नेपालमा उपसचिवभन्दा माथिका १५ देखि २० प्रतिशत कर्मचारी विदेशमै हुन्छन् । २० देखि २५ प्रतिशत राजनीतिज्ञ विदेशमै हुन्छन् । किन गाको ? कहाँ गाको ? कसले खर्च गरेको ? केही थाहा हुँदैन । यस्तो अपरादर्शितामा समाजवाद कसरी अगाडि बढ्न सक्छ ? फेरि, हामीले ०१७ साल पनि भोगेका हौँ । त्यही कुरा दोहोरिँदैन, इतिहासमा । तर, त्योभन्दा खतरनाक चिज आउन सक्छ । हामी सजग भएनौँ भने ठूलो समस्यामा पर्न सक्छौँ । भनाइ नै छ, तपाईंले जति कम शासन गर्न खोज्नुभयो, तपाईं त्यति लामो टिक्नुहुन्छ । जति बढी शासन गर्न खोज्नुहुन्छ, तपाईंको आयु त्यति छोटो हुन्छ । यो संसारभरी सिद्ध भएको कुरा हो । तर, किन हामी यसरी शासन गर्न खोजिरहेका छौँ । छक्क लाग्दो कुरा हो । जब कि यो हाम्रो उद्देश्य पनि होइन । अब हुँदा हुँदै रोग लागिसक्यो । त्यो पदमा भएका कोही पनि फोन उठाउँदैनन् । व्यापारीका मात्र फोन उठाउँदा हुन् । सरकारको राम्रो फङ्सन नै भइरहेको छैन । म एक्लै मजाले चलाउन सक्छु भनेर एक्लो वीरझैँ फूर्ति गर्दैमा केही हुँदैन । कसलै फूर्ति गर्छ भने त्यो बेकारको कुरा हो । यत्रो विशाल पार्टी छ । जेल परेका, कुटाइ खाएका, सर्वश्व भएका यी साथीहरू सम्पूर्णको तागत बल, सहयोग लिएर अगाडि बढ्यो भने न उसले केही गर्न सक्ला । राजनीति भनेको निबन्ध प्रतियोगिता होइन नि । अहिले कसैको पनि कार्यसम्पादन राम्रो नदेखिएको किन त ? राम्रो नदेख्ने तिमीहरूको आँखै खराब भनेर त भएन नि । एक दुईवटाका आँखा त खराब होलान्, साराका आँखा खराब हुन्छ ? सबैका दृष्टि खराब हुन्छ ? हुँदैन । भनेपछि सरकारले राम्रो काम गर्न सकिरहेको छैन । हामीले फरक गर्छौं भनेका थियौँ । तर, त्यहाँ केही गरेनौँ । शिक्षा, स्वास्थ्य र जनजीविकलाई सबैभन्दा बढी मुद्दा बनाउनुपर्ने । यही मुद्दाले हामीलाई राष्ट्रिय पार्टी बनाइदियो । अब हामी सरकारमा आइसकेपछि टावर बनाउने, बेलुन उठाउने, हुँदा हुँदै क्षेप्यात्र किनेर ल्याउने भन्ने उट्पट्याङ कुरामा लागेपछि हुन्छ ? हाम्रो प्राथमिकता के हो ? हाम्रो प्राथमिकता अहिले पनि सामान्य जनताका छोराछोरीले राम्रो शिक्षा पाउन् । स्वास्थ्यमा भएका तमाम विकृति अन्त गरौँ । कम्तीमा शिक्षा र स्वास्थ्यमा कुनै पनि पार्टीका केन्द्रीय नेताले लगानी गर्न नपाउने नीति ल्याऔँ । शिक्षा, स्वास्थ्य जनतालाई सर्वसुलभ बनाऔँ । अहिले वित्तीय पुँजीको जुन साम्राज्य छ, त्यसलाई औद्योगिक पुँजीमा परिणाम गर्न राष्ट्रिय पुँजीपतिलाई प्रोत्साहित गर्नुप¥यो । शारीरिक श्रमलाई तल्लो ठान्ने सोचलाई जरैदेखि निर्मुल गर्नुप¥यो ।

जो भ¥याङको माथि छ, त्यो लड्दा के होला ? त्यसैले नेताहरूले आफ्नो खानपिन, उठबस कस्ता चरित्रका मान्छेसँग गर्ने भन्ने ख्याल गर्नुपर्छ । जनतासँग सधैँ जोडिनुपर्छ । पैसा जम्मा गर्नेतिर ध्यान लगाउनु हुँदैन । माक्र्सले केही कमाएर छाड्नुभएन । अब चार वर्ष शासन गरेर भोट माग्न जाँदा पुष्पलालकै नाम लिनुपर्ने, हाम्रा मनमोहनले यसो गर्नुभएको थियो भनेर भनिराख्नुपर्ने अवस्था आयो भने ? अहिले सरकारमा हुनेहरूका नाम लिँदा दिनेले पनि भोट नदिने अवस्था आयो भने के हुन्छ ?

यो अवस्था आउनुका पछाडि हाम्रो मात्रै कमजोरी छ कि बाह्य कारण पनि छन्?

आफ्नो गर्भबाट फाँसिवाद जन्मिँदै गरेकाले पनि पुँजीवाद आत्तिएको छ । पुँजीवादको गर्भबाट समाजवाद जन्मनुपर्ने दुर्वासाको श्राप पाएका यदुवंशीले मुसल जन्माएजस्तो फाँसिवाद पो जन्मँदैछ । त्यसैले खतरा जहाँसुकै छ । तर, हतियारले, गोलीगठ्ठाले, पैसाले समाजवादको रक्षा हुँदैन । रुससँग पर्याप्त हतियार पनि थियो, पैसा पनि थियो । समाजवाद बचाउने मान्छेले हो । नेता बिग्रिएर पो यस्तो भयो कि भन्नुभयो नि तपाईंले, त्यो पनि महत्वपूर्ण कुरा हो । किनभने समाजवादलाई बचाउने मान्छेले नै हो । यहाँ एउटा सन्दर्भ जोडौँ, लेनिनले बढी मजदुरको कुरा गर्नुभयो, माओले किसानको कुरा गर्नुभयो । फिडेल क्यास्ट्रो र चे ग्वेभाराले नयाँ मान्छे बनाऊ भने । बडा गम्भीर भएर सोच्नुपर्ने कुरा छ, यो । त्यत्रो बलियो सोभियत रूसमा समाजवाद ढल्यो । त्यो सानो देश क्युवामा ढलेको छैन । समाजवाद बचाउने त मान्छेले नै रहेछ नि । सिंहदरबारभित्र समाजवादको पोका बनाएर गाउँमा पठाएर त समाजवाद आउने होइन । माथिल्लो ओहदामा बसेका, माथिल्लो हैसियतमा बसेका नेताहरूले आफू आदर्श बनेर समाजवादको निर्माणलाई तीव्रता दिने हो । उनीहरूको घरेलु सम्बन्ध हेरेर जनताले के सिक्छन् ? दैनिकी हेरेर हामी के सिक्छौँ । उनीहरूको छनोट, चयन, अभिरुचिबाट के सिक्छौँ ? उनीहरू कस्तो कुरा छनोट गर्छन् ? पुरस्कृत गर्दा कस्तालाई गर्छन् ? यस्ता कुराले धेर अर्थ राख्छ । उचाइमा बस्नेहरूलाई यो थाहा हुनुपर्छ कि लड्ने खतरा त्यहीँ बढी हुन्छ । हामी त भ¥याङको तल छौँ । हाम्रा त हातखुट्टा मात्र भाँचिएलान् । जो भ¥याङको माथि छ, त्यो लड्दा के होला ? त्यसैले नेताहरूले आफ्नो खानपिन, उठबस कस्ता चरित्रका मान्छेसँग गर्ने भन्ने ख्याल गर्नुपर्छ । जनतासँग सधैँ जोडिनुपर्छ । पैसा जम्मा गर्नेतिर ध्यान लगाउनु हुँदैन । माक्र्सले केही कमाएर छाड्नुभएन । तर, माक्र्सका सन्तान पनि त बाँचे । थुप्रै त्यस्ता त्यागी मान्छे छन् । उनीहरूका पनि जीवन चलिरहेकै हुन्छ । अब चार वर्ष शासन गरेर भोट माग्न जाँदा पुष्पलालकै नाम लिनुपर्ने, हाम्रा मनमोहनले यसो गर्नुभएको थियो भनेर भनिराख्नुपर्ने अवस्था आयो भने ? अहिले सरकारमा हुनेहरूका नाम लिँदा दिनेले पनि भोट नदिने अवस्था आयो भने के हुन्छ ? हामी कहाँ पुग्छौँ ? त्यसैले बेलैमा सजग हुनुपर्छ ।

प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्