Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

निर्वाचनको सगर्मीदेखि मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वानसम्म



१. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने, आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगको भनाइ, मंसिर ३ गते १८ वर्ष पुगे पनि मतदाता सूचीमा नाम दर्ता नभएकाले भने मतदान गर्न नपाउने ।

२. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्ममा निर्वाचन आयोगमा ४० राजनीतिक दल दर्ता, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि साउन ३१ गतेसम्म दल दर्ताको समय, सयभन्दा धेरै राजनीतिक दल निर्वाचनमा सहभागी हुँदै ।

३. नेपाली कांग्रेसमा संस्थापन इतर समूह अस्तित्व रक्षाको संघर्षमा, नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै शेखर कोइराला समूहले ४० प्रतिशत भाग खोज्यो, सभापति शेरबहादुर देउवाले न्यायोचित व्यवहार नगरेको भन्दै प्रतिशतको आधारमा भागबण्डामा गर्नुपर्नेमा जोड ।

४. नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको भनाइ, मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने धारणा ।

५. आगाम निर्वाचनमार्फत नेकपा माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने धारणा, वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको भनाइ ।

६. नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दियो, दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने एक्लौटी अधिकार सभापति देउवालाई, आवश्यक प्रक्रिया पुर्याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन ।

७. मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासनमा उजुरी दिन पीडितहरुलाई सरकारको आह्वान, गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले सूचना जारी गर्दै आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गर्यो, मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने सरकारको बुझाइ ।

८. केही साताअघि निरन्तर बढेको बजार पछिल्लो नौ दिनयता निरन्तर ओरालो, बजार दिनहुँ घट्दा परिसूचक दुई हजार विन्दु नजिक, बजार निरन्तर घट्दा लगानीकर्ता आत्तिए, बजारमा खरिदकर्ता भन्दा बिक्रेताको चाप बढ्यो, भोलीबाट पनि बजार ओरालै लाग्ने अनुमान ।

९. नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्धित, बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२–२३ को सिजनका लागि अनुबन्ध गर्यो, इतिहादले सामाजिक संजाल इन्स्टाग्रामबाट उनलाई अनुबन्ध गरिएको जानकारी गरायो ।

१०. श्रीलंकाले चिनियाँ जासुसी जहाजलाई हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमको भनाइ, यस अघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चिनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो, हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको श्रीलंकाको विदेश मन्त्रालयको भनाइ ।

प्रतिक्रिया दिनुहोस्