Logo
Logo

छुरा प्रहारबाट घाइते रुस्दीको स्वास्थ्य अवस्थामा सुधार



न्युयोर्क । न्युयोर्क राज्यमा शुक्रबार छुरा प्रहारबाट घाइते भएका प्रख्यात लेखक सलमान रुस्दीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको अमेरिकी सञ्चार माध्यमले जनाइएको छ ।उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।

यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्