Logo
Logo

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता


9.2k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

उक्त विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामै फिर्ता पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्