Logo
Logo

नागरिकता विधेयक फिर्ताबारे साझा धारणा आउँछ : देव गुरुङ


2.9k
Shares

काठमाडौँ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनर्विचार गर्न भनी फिर्ता पठाएको विषयमा सत्तारुढ दलहरूले साझा धारणा तय गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ नागरिकता विधेयक पुनर्विचार गर्नका लागि फिर्ता पठाएसँगै प्रमुख सचेतक गुरुङले राजनीतिक दलहरूबीच साझा धारणा तय भएपछि के गर्ने भन्ने विषयमा छलफल हुने बताए ।

विधेयकको कुन-कुन व्यवस्थामा पुनर्विचार गर्नू भनेर पठाएको भन्ने हेरिने प्रमुख सचेतक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्