Logo
Logo
दृष्टिका १० हेडलाइन्सः

गठबन्धनमा किचलोदेखि एलिजाबेथको निधनमा शोक मनाउनेसम्म


1.9k
Shares

१. संविधानमाथि आक्रमण हुन लागेको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा चिन्ता व्यक्त, राजनीतिक दलले बनाएको संविधान बचाउने जिम्मा पनि राजनीतिक दलकै रहेको धारणा, देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्नेमा जोड ।

२. संवैधानिक व्यवस्था ख्याल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रह, दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने धारणा, प्रमाणीकरण नगरे विषय अदालत पुग्ने चेतावनी ।

३. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० अर्बभित्र रहेर खर्च गर्न अर्थ मन्त्रालयबाट निर्वाचन आयोगलाई स्वीकृति, निर्वाचन सम्पन्न गर्न १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको आयोगलाई ९८ लाख रुपैयाँ कम रकम स्वीकृत, निर्वाचनका लागि बजेट स्वीकृत भएसँगै निर्वाचन आयोग तीब्र गतिले निर्वाचन तयारीमा जुट्यो ।

४. सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको अस्वभाविक अडानका कारण सिट बाँडफाँट अझै अन्योलमा, कार्यदलले सिट बाँडफाँटका लागि बुझाएको अपूरो प्रतिवदेनमा शीर्ष नेताले छलफल नै गरेनन्, कांग्रेसलाई ८५, माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २०, जसपालाई १५ र अन्य दललाई ५ सिट बाँडफाँट गर्नुपर्ने मध्यमार्गी प्रस्ताव ।

५. सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको किचलो उत्कर्षमा पुगे पनि शीर्ष नेता भने गठबन्धन यथावत रहनेमा विश्वस्त, गठबन्धन कुनै हालतमा नटुट्ने र टुट्नु नहुने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, पाँच दलीय गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने अध्यक्ष उपेन्द्र यादवको प्रतिवद्धता ।

६. मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्न नेकपा एमाले अग्रसर, एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेल गर्न छलफल थाल्यो, एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच केही दिनयता लगातार छलफल ।

७. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता मात्र हुने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाइ, निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि पार्टी एकता नहुने, समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा जानुपर्नेमा जोड ।

८. बेलायतका महारानी एलिजावेथ द्वितीयकाे निधनमा ३ दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय, २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाइने, नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने ।

९. श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा भारतलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश, भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा तय गर्यो, जीतसँगै नेपाल ‘समूह बी’को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनल पुग्यो ।

१०. बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनमा विश्वभरका राजनीतिक नेतृत्व र सरकारबाट शोक व्यक्त, एलिजाबेथको निधनसँगै संसदीय अभ्यासको एक युग समाप्त भएको व्याख्या, एलिजाबेथको निधनमा नेपाल र भारतसहित धेरै राष्ट्रले राष्ट्रिय शोक मनाउने ।

प्रतिक्रिया दिनुहोस्