Logo
Logo

उन्नवको उन्नत कार्य (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


संस्थाका अध्यक्ष केवल केसी

काठमाडौं, २७ साउन । नेपालमा सयौँ गैरसरकारी संस्थाहरु क्रियाशील छन् । ती संस्थाहरु कुनै न कुनै दातृनिकाय, संघसंस्था वा व्यक्तिको सहयोगमा चलिरहेको हुन्छ । तर, यहाँ यस्ता गैरसरकारी संस्था पनि छन्, जो व्यक्तिगत कमाइबाट चरिरहेको छ ।
यस्तै एक गैरसरकारी संस्था हो, उन्नव नेपाल । सन् २०१५ देखि अनौपचरिक रुपमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर सेवा गर्दै आएको उक्त संस्थाले अहिलेसम्म कुनैपनि निकाय र व्यक्तिबाट सहयोग लिएको वा पाएको छैन । संस्थाका अध्यक्ष केवल केसीका अनुसार उन्नव नेपाल हालसम्म आफ्नो व्यक्तिगत आम्दानीबाट चलिरहेको छ ।

उनी भन्छन्, ‘नाफामूलक कम्पनी थ्री डट इभेन्ट प्रालि पनि चलाउँछु, त्यहीँबाट कमाएको १० प्रतिशत उन्नव नेपालका लागि खर्च गर्दै आएको छु ।’ एक सहकारी कम्पनीको प्रमोटरसमेत रहेका केसीले भने, ‘जागीरको पैसासमेत संस्थामा खर्च गर्दै आएको छु ।’ सहयोगका नाम एकपटक अमेरिकाको बोस्टनस्थित ‘मेटल फर नेपाल’ नामक संस्थाले हेल्प गरेको भन्दै उनले भने, ‘त्यो बेला आएको सहयोग त्यतिखेरै शिक्षा र स्वास्थ्य सेवामा खर्च भएको थियो ।’
उन्नव नेपालले ललितपर र सोलुखुम्बु जिल्लालाई आधार क्षेत्र बनाएर शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी उक्त संस्थाले गरिब, असाहय र जेहेन्दार बालबालिका तथा महिलाका लागि शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको केसीले बताए । उन्नव नेपालले हालसम्म थुप्रै उदाहरणीय सामाजिक कार्यहरु गरिसकेको छ । तीमध्ये सोलुखुम्बुको दुई समदायमा विद्यालयलाई प्रदान गरेको छात्रबृत्ति पनि एक हो ।


उन्नव नेपालले सोलुखुम्बुको सगरमाथा आधारभूत विद्यालय र जनजागृति आधारभूत विद्यालयलाई सन् २०१७ यता प्रत्येक वर्ष फुल स्करशीप प्रदान गर्दै आएको छ । यी दुवै समुदायक बिद्यालय हुन् ।
सगरमाथा आधारभूत विद्यालयका हाल कुल ६७ जना विद्यार्थी अध्ययनरत छन् भने जनजागृतिमा ३४ जना बिद्यार्थी रहेको उन्नव नेपालका अध्यक्ष केसीले बताए । उनले भने, ‘त्यहाँ अध्ययनरत सबै विद्यार्थी निम्न वर्गका छन् । त्यसैले हाम्रो संस्थाले सबै बिद्यालयलाई नै छात्रबृत्ति प्रदान गरेको हो ।’ ती बिद्यालयमा यसै वर्ष कम्युटर ल्याब स्थापना गर्ने तयारी रहेको पनि उनले बताए ।
‘शिक्षा र स्वास्थ्य आमनेपालीको अधिकार’ भन्ने नारालाई उन्नव नेपालले आफ्नो धारणा बनाउँदै आएको छ । त्यसैले गरिब तथा असाहय जेहेन्दार बालबालिका तथा पिछाडिएका महिलाहरुसम्म शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन उन्नव नेपाल तल्लीन रहेको अध्यक्ष केसीले बताए । उनले भने, ‘अहिले हाम्रो काइटएरिया थोरै छ, तर, विस्तारै बढाउँदै जाने सोच छ ।’

यस संस्थाले अनौपचारिक रुपमा सन् २००६ देखि नै सामाजिक सेवाको काम गर्दै आएको हो । ‘अनौपचारिकरुपमा काम गर्दागर्दै औपचारिकता दिने सोच आयो’ अध्यक्ष केसीले भने, ‘त्यसैले सन् २०१५ मा संस्था दर्ता गरेरै काम गर्न सुरु गरेका हौँ ।’ यहाँसम्म आउँदा थुप्रैलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गरिसकेको केसीले बताए ।


ललितपुर र सोलुखुम्बुको अलावा दोलखा, तराइको जिल्ला सप्तरीलगायतका स्थानमा निशुल्क स्वास्थ शिविर तथा दन्त शिविरलगायत समुदायक विद्यालयहरुमा स्टेशनरी सामग्रीहरु विरतण गरिसकेको अध्यक्ष केसीले बताए ।


स्मणीय कुरा, अहिलेसम्म उन्नव नेपालले मेम्बरसमेत बनाएको छ्रन । अन्य गैरसरकारी संंस्थाहरुले सदस्यता वितरण गरेरै भएपनि आर्थिक सहयोग जुटाउने गरेका छन् । तर, अध्यक्ष केसीको सोच र मान्यता केही फरक छ । उनी भन्छन्, ‘धेरै मेम्बर भयो भने काम हुँदैन, कामभन्दा हल्लामात्रै बढी हुन्छ ।’ तर, कसैको सहयोग विना गैरनाफामुलक संस्था कसरी चल्छ ? राज्यबाट समेत अहिलेसम्म कुनै सहयोग नलिएको र नपाएको उन्नव नेपाल आगामी दिनमा कसरी अगाडि बढ्छ त ? केसी भन्छन्, ‘अब केही च्यारिटी गर्ने सोच छ ।

शिक्षा र स्वास्थ्यसम्बन्धी भिडियो बनाएर च्यारिटी गरेर संस्थाका लागि खर्च संकलन गर्ने उद्देश्य लिएको छु ।’ उनले उन्नव नेपाललाई सहयोग गर्न चाहनेका लागि बाटो खुला भएको पनि बताए । ‘अहिलेसम्म कतैबाट सहयोग पाएको छैन’ अध्यक्ष केसीले भने, ‘तर, यदि कसैले इच्छा गरेर सहयोग गरेमा स्वीकारिने छ ।’ उनले निकट समयमै स–सना नानीहरुका लागि ईसिडी अर्थात (इअर्ली चाइल्डउड डेप्लभमेन्ट) स्थापना गर्ने सोच समेत रहेको उनले बताए । ईसिडीले मन्टेशरी जस्तै हो, जहाँ बिद्यालय जाने उमेर अघिका बालबच्चालाई सुरुवाती शिक्षा प्रदान गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्