Logo

सशस्त्र प्रहरीमा एआइजी बढुवाको सिफारिस




काठमाडौं । डिआइजी बंशी दाहाल सशस्त्र प्रहरी बलको एआइजीमा बढुवा सिफारिस भएका छन् । हालै थप गरेको एआइजी पदमा उनको सिफारिस भएको हो ।


बिहीबार बसेको बढुवा समितिले उनको सिफारिस गरेको हो । अर्का डिआइजी किशोर प्रधान पनि बढुवाको प्रतिस्पर्धामा थिए ।
एआइजी बढुवासँगै उनी भावी आइजिपीको दाबेदार हुनेछन् । हालका एआइजी नारायणदत्त पौडेलसँगै दाहाल प्रतिस्पर्धामा हुनेछन् । त्यसैका लागि एआइजीको दरबन्दी थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्