Logo
Logo

ओखलढुंगामा बिद्यार्थीले गरिन् शिक्षकको हत्या




काठमाडौं । ओखलढुंगामा शिक्षकको हत्या आरोपमा युवती पक्राउ परेकी छिन् । चिशंखुगढी नगरपालिका–४ स्थित कालिका आधारभुत बिद्यालयका शिक्षक ३३ वर्षिय दीपक कुमार ठाकुरको हत्या आरोपमा सिद्धिचरण नगरपालिका सल्लेरीकी २२ वर्षिया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको हो ।


स्थानीय खड्गबहादुर राईको घरमा डेरामा बस्दै आएका सप्तरी स्थायी घर भएका शिक्षक ठाकुरको कोठामै गत ६ गते शव भेटिएको थियो । युवतीले सुरुमा टाउको झ्यालमा ठोक्कर पनि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरुबीच विगत सात वर्षदेखि चिनजान रहेको र नियमित फोन सम्पर्क देखिएको छ । पक्राउ परेकी धमला दीपककै पूर्व बिद्यार्थी हुन् । आफुलाई बारम्बार फोन गरेर यातना दिने गरेको र नांगो फोृटो सार्वजनिक गरिदिन्छु भनेर धम्काएकाले हत्या गरेको अभियुक्तले बताएकी छिन् । निरन्तर लागेर २४ घन्टाभित्र घटना सुल्झाउन ओखलढुंगा प्रहरी सफल भएको छ ।

इन्सपेक्टर केशव अधिकारीको टोलीले युवतीलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेकी किशोरीले अभियोग स्वीकार गरेको डिएसपी सुकदेव खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्