Logo
Logo

भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख


945
Shares

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताएका छन् । भ्रष्टाचारका कारण देश आर्थिक संकटबाट माथि उठ्न नसकेको औँल्याउँदै उनले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिए ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भने, ‘भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।’

आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उनले जनतालाई महसुस हुने गरी काम गर्न उनले सुझाव दिए । ‘तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाईंहरूलाई कानुनले अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाई कारबाही गर्नुस्’, उनले भने ।

जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारबाही प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरे । सडक निर्माणलगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्