Logo
Logo

गुप्तचरका १४ डिएसपी एसपीमा बढुवा, विवादमा तानिए गुप्तचर प्रमुख




काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ । उनले गरेको डिएसपीबाट एसपीको बढुवा विवादमा तानिएको छ ।


बुधबार उनले १४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेका थिए । सिफारिसमा निष्पक्षता नभएको भन्दै धेरैले गुनासो गरेका छन् ।


बढुवा हुनेहरुमा राजन शर्मा, मोहन कुँवर, अशोक भट्ट, पवन जोशी, ओम जोशी, हरिष बिष्ट, प्रकाश शाह, रिता अधिकारी, रजनी घिमिरे, सुरेश तिवारी, सुशील महत, केशब न्यौपाने, हेमन्त चौधरी लगायत बढुवामा परेका छन् ।


पहिलो नम्बरमा बढुवा भएका शर्मा माधव नेपालका आफन्त हुन् । दोस्रो नम्बरमा बढुवा भएका कुँवर भिम रावल निकट हुन् भने तेस्रो नम्बरमा बढुवा भएका भट्ट स्थानीय तहको निर्वाचनमा अछाममा असक्षम घोषित भएका थिए । अन्य सुरक्षा निकायका प्रमुखलाई कारबाही भएपनि उनलाई भने पुरस्कृत गरिएको छ । त्यस्तै पवन जोशी ओम जोशीका आफन्त हुन् ।


बढुवामा तिव्र लबिइङ थियो । जसकारण केही क्षमतावान अधिकृत छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्