काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले गरेको निर्देशन बमोजिम उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मंगलबार मात्र पार्टी र गठबन्धनका तर्फबाट बागी उम्मेदवारलाई आज सम्ममा उम्मेद्वारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आव्हान गरिएको थियो ।
जसअनुसार प्रतिनिधि सभा तर्फ ४ जना र प्रदेश सभा तर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ । यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।











