Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासनदेखि नेप्से बढेकोसम्म


1.6k
Shares

१. आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुने, स्वतन्त्र उम्मेदवार घनश्याम भूसाललाई ‘त्रिभुज’, रञ्जु दर्शनालाई ‘सेल रोटी’, सागर ढकाललाई ‘सिरिञ्ज’, प्रभु साहले ‘हातेकल’ पाउँदा गंगा चौधरीले पाए ‘लौरो’ ।


२. नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिनेलाई पाँच वर्ष पार्टीबाट निस्कासन, सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी, गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत बागी उम्मेदवारी दिने, त्यसमा प्रस्ताव र समर्थक हुनेहरूलाई कारबाही ।


३. निर्वाचन आयोगद्वारा आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, केही उम्मेदवारले नाम फिर्ता लिएपछि आयोगद्वारा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभाको लागि तीन हजार २२४ जनाको उम्मेदवारी ।


४. नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिए, पाटीको निर्देशन बमोजिम उम्मेदवारी फिर्ता, प्रतिनिधि सभा तर्फ ४ जना र प्रदेश सभा तर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालद्वारा जानकारी, केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै, बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई गठबन्धनका शीर्ष नेताहरूको धन्यवाद ।


५. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएपनि ५७ दलको मात्र प्रत्यक्षतर्फ उम्मेदवारी, प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा उम्मेदवारी दिने दलको सङ्ख्या फरक, प्रदेश एकमा ३०, मधेशमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलको उम्मेद्वारी ।


६. नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनाइ, आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयबारे सोध्यो स्पष्टीकरण, सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन ।


७. आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने, प्रचारप्रसारमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कारबाही गरिने ।


८. सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा पुग्यो, सेन्सेटिभ इन्डेक्स २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा कायम, नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेन ।


९.पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीलाई दुई र आर्मीलाई एक स्वर्ण, फाइनलमा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ लाई कास्यपदक प्राप्त, महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनालाई, सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमलाई कास्य पदक ।


१०. युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बैं जनताको हितका लागि जोखिम भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ, केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको टिप्पणी, बाढी पहिरोबाट अत्यधिक प्रभावित भएको पाकिस्तानमा रेमिट्यान्स घट्यो, केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत महिना १०.५ प्रतिशतले घटे ।

प्रतिक्रिया दिनुहोस्